काठमाडौं - ६० करोडको लागतमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुने भएको छ ।
भीमदत्त नगरपालिकामा एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकास योजनाअन्तर्गत फोहरमैला व्यवस्थापन केन्द्र बनाउन लागिएको हो ।
आधुनिक प्रविधिको फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाज सबैले योजना सफल बनाउने प्रतिबद्धता गरेका छन् ।
फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि सहजीकरण गर्न पत्रकार खेम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय समिति चयन गरिएको छ । समितिमा गैरसरकारी संस्था महासङ्घ कञ्चनपुरका अध्यक्ष नरेश सिलाल र अधिकारकर्मी प्रभुनिधि पन्तलाई सदस्यका रूपमा राखिएको छ ।
नगरप्रमुख सुरेन्द्र विष्टले आधुनिक शहर बनाउने लक्ष्यअनुसार क्षेत्रीय शहरी विकास योजनाको २० वर्षे योजनाको पहिलो चरणअन्तर्गत फोहरमैला व्यवस्थापन केन्द्रसहित अन्य पूर्वाधार निर्माणका कार्यक्रम अगाडि बढाइएको बताए ।
प्रतिक्रिया