एक लाख ६३ हजार नक्कली नोटसहित २ जना पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - काठमाडौं महानगरपालिकाबाट एक लाख ६३ हजार नक्कली नोट सहित २ जना पक्राउ परेका छन् ।  

सुकेधारास्थित आयुष डान्सबारबाट १ हजार दरका १ सय ६३ थान गरी जम्मा १ लाख ६३ हजार नक्कली नेपाली रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोक गोल्चे गाउँपालिका ३ घर भएका २१ वर्षीय बिजय तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका ४ घर भई काभ्रे बनेपा बस्ने ३० वर्षीय धुर्ब श्रेष्ठ रहेका छन् । 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया