काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जाँदै छन् ।
राष्ट्रिय दलित पत्रकार संघको प्रथम सम्मेलन उद्घाटन गर्न दाहाल रुपन्देहीको बुटवल जान लागेका हुन् ।
सम्मेलनमा दाहालसहित नेकपा एमालेका नेता घनश्याम भुसाल, छविलाल विश्वकर्मा, कांग्रेस नेता मिन विश्वकर्मा लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनको उद्घाटन बिहान ११ बजे प्रचण्डले गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया