काठमाडौं - स्रोत नखुलेको ४२ लाख रुपैयाँसहित एक जनालाई आज पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दोलखा घर भइ अहिले सूर्यविनायक नगरपालिका-३ बालकोट रोज भिलेज बस्ने सुमन घिमिरे रहेको प्रहरीले जनाएको छ ।
शलटारबाट अरनिको राजमार्गको सडकमा जाच गर्दा उक्त रकम सहित उनलाई प्रकाउ गरिएको हो ।
उक्त रकमको स्रोत खोज्दा बताउन नसकेपछि नियन्त्रणमा लिएर उनी माथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया