काठमाडौं - सरकार र जनता समाजवादी पार्टी ९जसपा०बीच आज पनि वार्ता हुँदै छ ।
सरकारमा जाने कि नजाने भन्ने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे वार्ता हुने स्रोतले जनाएको छ ।
शुक्रबारको वार्ता निर्णायक हुने नेताहरुले बताएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीतामा भएको छलफलमा शुक्रबार कार्यदलस्तरमा निर्णायक छलफल गर्ने भनिएको थियो ।
त्यसैले यो वार्तालाई चासोका साथ हेरिएको छ । जसपाले निलम्वित सांसद टीकापुर घटनामा दोषी ठहर रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइ तथा मधेस आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका सर्त राख्दै आएको छ ।
प्रतिक्रिया