एकै दिन ११ स्वास्थ्य सेवा केन्द्रको शिलान्यास, एउटा कार्यालयलाई करिब ३८ लाख

५ बर्ष अगाडि

काठमाडौं - नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको कावासोती नगरपालिकाले एकै दिन ११ आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरेको छ । 

नगरपालिकाभित्रका विभिन्न ११ वटा वडामा यसै आर्थिक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी बिहीबार एकै दिन ११ वटा स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको हो ।

वडा नं २, ४, ५, ७, ८, ९, ११, १३, १५ र १६ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको हो । नगरपालिकाभित्रका सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यअनुसार आधारभूत स्वास्थ्य सेवा केन्द्र यसअघि नै सञ्चालनमा आइसकेका छन् ।

नगरभित्र यसअघि छवटा वडामा स्वास्थ्य केन्द्रका लागि भवन रहेकाले भवन नभएका बाँकी ११ वटा वडामा भवन निर्माण गर्न लागिएको हो । 

एउटा कार्यालय करिब रु ३८ लाखको लागतमा निर्माण हुने नगरपालिकाका आर्किटेक्ट इञ्जिनीयर पवन रुपाखेतीले बताए । यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौतासमेत भइसकेको उनले बताए । सङ्घीय सरकार र नगरपालिकाको साझेदारीमा भवन निर्माण गर्न लागिएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया