केरुङमा अड्किएका १२ नेपाली एक वर्षपछि घर फर्किए

५ बर्ष अगाडि

काठमाडौं - विगत एक वर्षदेखि केरुङमा अड्किरहेका १२ जना नेपाली घर फर्किएका छन् । 

कोरोनाका कारण अड्किरहेका उनीहरुमा मंगलबार ११ जना र बुधबार एक जना गरी जम्मा १२ जना आ–आफ्नो घर फर्किएका हुन् ।

अध्यागमन कार्यालय रसुवागढीका अनुसार केरुङबाट रसुवागढी आई उनीहरु त्यही अड्किरहेका थिए । 

फागुन २१ गतेदेखि रसुवागढी नाका पुनः सञ्चालनमा आएपछि केरुङमा रहेका नेपालीले कोही गर्भवती भएको र कोही बिरामी भएको कारण देखाई स्वदेश फर्काउन अनुरोध गरेकोले उनीहरूलाई स्वदेश फर्काइएको अध्यागमनले जनाएको छ ।

अध्यागमनका कन्सुलर विभागमार्फत ल्हासाको महावाणिज्य दूतावाससँग समन्वय गरेर सम्पर्कमा आएका घर फर्कन चाहने ती नेपालीलाई करिब एक महिनाको प्रयासपछि घर फर्काउन सफल भएको हो​ । 

केरुङमा नेपालीहरू होटल, सुन पसल, सुपर मार्केटका साथै गेस्ट हाउसमा काम गर्ने गर्दछन् भने केहीले आफ्नै व्यवसाय पनि सञ्चालन गरिरहेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया