३७ हजार नगदसहित ९ जना जुवाडे पक्राउ

५ बर्ष अगाडि

काठमाडौ-  चितवन भरतपुर महानगरपालिका १४ बाट तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।

३५ वर्षीय दिलीप दराईको घरबाट राई सहित ९ जनालाई मंगलवार साँझ नगद ३७ हजार ५ सय ४० रुपैँयासहित प्रहरीले पक्राउ गरेको हो ।

उक्त ठाँउमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया