नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा 'पैसा पठाउने' एप सार्वजनिक

५ बर्ष अगाडि

काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंकले भारतबाट पैसा पठाउन सकिने एप सार्वजनिक गरेको छ । बैंकले भारतमा रहेका नेपालीलाई लक्षित गरेर 'पैसा पठाउने' एप सार्वाजनिक गरेको हो ।  

यसबाट भारतमा रहेका नेपालीले सहजै नेपालमा पैसा पठाउन पाउने बैंकले जनाएको छ । 

साथै भारतमा रहेका नेपालीले आफ्नो मोबाइलबाट चौबीसै घण्टा पैसा पठाउन सक्ने बैंकले जनाएको छ । एपमार्फत छिटो, सुरक्षित र कम सेवा शुल्कमा पैसा पठाउन सकिने बैंकले जनाएको छ ।

एपमार्फत एकपटकमा ८० हजार रुपैयाँ (५० हजार भारु) वर्षमा १२ पटकसम्म पैसा पठाउन सकिने बैंकले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया