फुडल्याण्डमा आगलागी हुँदा करिब डेढ करोडको क्षति

५ बर्ष अगाडि

काठमाडौं - बुटवल–८ मिलनचोकमा रहेको फुडल्याण्डमा आगलागी हुँदा करिब डेढ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगो नियन्त्रणका लागि बुटवल उपमहानगर, तिलोत्तमा,सैनामैना, शुद्धोधन, भैरहवा लगायतका गरी ४ वटा दमकल प्रयोग १ घण्टामा आगो नियन्त्रणमा लिएको प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

विद्युत सर्ट भएका कारण आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान छ । मध्यरातमा गस्ती गरिरहेको प्रहरीको टोलीले फुडल्याण्डको मुख्य सडकतर्फ रहेको रेष्टुरेण्ट शाखाको भित्रबाट आगोका लप्काहरु देखेपछि तत्काल सम्बन्धित पक्षलाई खबर गरी नियन्त्रणमा लागेको थियो । 

रेष्टुरेण्ट शाखाको माथिल्लो तला जलेर पूर्णरुपमा क्षति भएको छ भने तल्लो तलामा सामान्य क्षति भएको छ । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया