डेढ लाख घुस लिँदै गरेको अवस्थामा कर अधिकृतलाई अख्तियारले भेटेपछि...

५ बर्ष अगाडि

काठमाडौं - डेढ लाख घुससहित आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत सँगै दुई जना पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कर अधिकृत रमेश ढकाल र आरएन म्यानेजमेन्ट अकाउन्ट कन्सल्टेन्सीका प्रोपाइटर नवीनकुमार कर्णलाई घुस रकमसहित पक्राउ गरेको हो ।

कर अधिकृत ढकाल र बिचौलिया नवीनकुमार कर्णलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । 

पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया