बुक बिल्डिङ्गबाट आइपिओ जारी गर्दै रिलायन्स मिल्स

५ बर्ष अगाडि

काठमाडौं - रिलायन्स स्पिनिङ्ग मिल्स र ग्लोबल आइएमई क्यापीटल बिच शेयर निष्कासन तथा बिक्रीप्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  

रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ्ग विधि मार्फत १४ लाख ६० हजार  कित्ता साधारण शेयर निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापीटल लाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने बारे सम्झौता भएको हो । 

सो सम्बन्धमा रिलायन्स स्पिनिङ्ग मिल्सको कर्पोरेट कार्यालयमा भएको एक कार्यक्रम मार्फत मिल्सको तर्फबाट सञ्चालक शशिकान्त अग्रवाल र क्यापीटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले सम्झौतापत्र माहस्ताक्षर गरेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया