काठमाडौं - चितवनको नारायणगढमा भएको गोपाल गुरुङ हत्या प्रकरणका तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका तीन अभियुक्तलाई पत्रकार सम्मेलन गरेर प्रहरी कार्यालय चितवनमा सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा पूर्वी नवलपरासी गैंडाकोट नगरपालिका–२ घर भई नारायणगढ पुलचोकमा रहेको जानकी गेस्ट हाउसमा प्रवन्धकको काम गर्ने ४२ वर्षीय सञ्जय गजुरेल, भरतपुर महानगरपालिका–२७ घर भई भरतपुरमा डेरा गरी बस्ने २५ वर्षको विक्रम महतो र कालिका नगरपालिका–७ जुटपानी घर भई नारायणगढ बस्ने ३० वर्षीय रामबहादुर परियार रहेका छन् ।
उनीहरुले गत फागुन १० गते बिहान लमजुङ मस्र्याङ्दी गाउँपालिका–५ घर भई नारायणगढमा डेरा गरी बस्ने ४८ वर्षीय गोपाल गुरूङलाई कुटपिट गरी हत्या गरेका थिए ।
नारायणगढको जानकी गेष्ट हाउसको कोठा नं.११२ मा हत्या गरी नगरवन स्थित सडक छेउमा लगेर फालेका थिए ।
जानकी गेष्टहाउसमा बसेका गुरुङले होटलमा रकम नतिरेका विषयमा विवादपछि हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया