स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ सहित ३८ वर्षीय युवक पक्राउ

५ बर्ष अगाडि

काठमाडौं-  पर्सामा स्रोत नखुलेको भारी नेपाली र भारतीय रुपैयाँ सहित ३८ वर्षीय युवक  पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका २३ का ३ जयराम राउत कुर्मी रहेका छन् ।

प्रहरीले उनको साथबाट स्रोत नखुलेको ७ लाख ७५ हजार ४ सय ७० नेपाली रुपैयाँ र ७ हजार ४ सय भारतीय रुपैयाँ बरामद गरेको जनाएको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त स्रोत नखुलेको रुपैयाँ तथा बल्लु राजको नाममा जारी भएको २ लाख रुपैयाँ लेखिएको एक थान चेक र रामप्रसाद पटेलको नाममा जारी भएको ५ लाख ६० हजार रुपैयाँ लेखिएको एक थान चेकसहित फेला पारी पक्राउ गरेको हो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया