महाशिवरात्रिमा शिव–पार्वती रथयात्रा

५ बर्ष अगाडि

काठमाडौं- महाशिवरात्रिको पूर्व सन्ध्यामा योगी नरहरिनाथ ट्र«ष्ट आध्यात्मिक परिषद्ले आज काठमाडौँमा १२ औँ रथयात्रा गरेको छ । मिलनचोकस्थित बानेश्वर महादेवस्थानबाट शुरु भएको रथयात्रा रत्नराज्य माध्यमिक विद्यालय–पुरानोबानेश्वर–गौशाला–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिनकुने–कोटेश्वर महादेवस्थान–तिनकुने–नयाँबानेश्वर हुँदै रत्नराज्य माध्यमिक विद्यालयअघि पुगेर समापन भएको थियो । 

यात्राका सहभागीले सभ्यरुपमा महाशिवरात्रि मनाउन आह्वान गरेका थिए । यात्रामा शिव–पार्वतीसँगै पशुपतिनाथको प्रतीकको रथ पनि राखिएको थियो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया