काठमाडौं- मोरङमा मानव बेचविखनमा संलग्न दुई युवकलाई प्रहरी पक्राउ गरेको छ ।
मानव बेचविखनमा संलग्न रहेको अभियोगमा विराटनगर महानगरपालिका १६ दक्षिण बस्ने प्रेम बहादुर मगर र सोही महानगरपालिका १५ पशुपति टोल बस्ने ३४ वर्षीय काजी तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
होटलमा काममा लगाई दिन्छु भनि सिन्धुपाल्चोकबाट काठमाडौं हुँदै २ जना महिलालाई विराटनगरमा बोलाई रोजगारी दिलाई दिने बाहनामा भारतमा लगि बेचविखन गर्ने उद्देश्यले विराटनगर महानगरपालिका १६ दक्षिण गेटमा ल्याएको भन्ने जाहेरीको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया