काठमाडों - आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका लागि नेपाल सरकारले सरोकारवालासँग सुझाव मागेको छ ।
सरकारले बजेट मार्फत मार्फत राजस्वका दर, नीति तथा प्रक्रियागत सुधारका लागि सम्बन्धित संघसंस्था, बुद्धिजीवी तथा सरोकारवालाहरुबट सुझाव माग गरेको हो ।
आगामी बजेट तर्जुमा गरिरहेको सरकारले अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग , अर्थको गैरकर राजस्व उपसमिति आदी मार्फत कर नीति, दर, प्रक्रिया तथा राजस्व सुधारका लागि सुझाव दिन आह्वान गरेका हुन् ।
सुझावमा बजेटमा पुनरावलोकन हुनुपर्ने, थपघट तथा समेटिनुपर्ने दर तथा नीति एवं प्रक्रिया, गैरकर राजस्व प्रणालीमा गर्नुपर्ने नीतिगत र कानुनी सुधार, मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क, शिक्षा सेवाशुल्क आदीमा सुझाव दिन माग गरिएको छ ।
सुझावहरु फागुन मसान्त वा चैतको पहिलो साताभित्र उपलब्ध गराउन आग्रह गरिएको छ ।
प्रतिक्रिया