चक्कु प्रहार गरी आफ्नै साथीको हत्या,पक्राउ परे २९ वर्षीय साह

५ बर्ष अगाडि

काठमाडौं-  निजगढ नगरपालिका ९ बुद्धचोक बस्ने रौतहट चन्द्रपुर नगरपालिका ४ घर भएका भुगेश्वर शर्माका १८ वर्षीय छोरा  रोहित शर्माको चक्कु प्रहार गरी हत्या गरी फरार रहेका रौतहट चन्द्रपुर नगरपालिका ४ ठेगाना भएका २९ वर्षीय अरुण कुमार साहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

शाह आफ्नै साथी हत्या गरेको गरी फरार रहेका थिए । रोहितको घाटीमा चक्कु प्रहार गरी हत्या गरेको अवस्थामा शव ओछ्यानमै रहेको भन्ने उजुरी पछि प्रहरी टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा हत्यामा संलग्न अरुणलाई चन्द्रनिगाहपुरस्थित किराना पसलबाट फेला पारी पक्राउ गरेको जनाएको हो ।

पूर्व रिसइवि र विवादको कारण मार्ने मनसाय अनुसार अरुण नै चक्कु सहित सोमबार रातिदेखि रोहितको घरमा बसेर मंगलबार बिहान चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया