काठमाडौं - चितवनका किसानलाई ५० प्रतिशत अनुदानमा मकै छोडाउने मेसिन र सुकाउने त्रिपाल प्रदान गरिएको छ ।
कृषि ज्ञान केन्द्र चितवनले मङ्गलबार १७ वटा कृषि फार्म, समूह तथा सहकारीलगायतका सङ्घसंस्थामा आबद्ध किसानलाई ती सामान हस्तानान्तरण गरेको हो ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाललगायतले किसान तथा कृषक समूहलाई सामान हस्तानान्तरण गरे ।
कृषि ज्ञान केन्द्र प्रमुख ढकालले मकै छोडाउने दुई ठूला मेसिन (ट्र्याक्टर अपरेटर), सातवटा सानो मेसिन (इलेक्ट्रिक मोटर अपरेटर) र ५०० थान त्रिपाल वितरण गरिएको जानकारी दिए ।
पचास प्रतिशत कार्यालय र ५० प्रतिशत किसानको लगानीमा ती सामान खरिद गरिएको ढकालले बताए । मकै उत्पादन प्रवद्र्धन कार्यक्रम चितवनको भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका र माडी नगरपालिकामा लागू गरिएको प्रमुख ढकालले जानकारी दिए ।
प्रतिक्रिया