काठमाडौं - अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनले शैक्षिक संस्थाले कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउन र निषेधाज्ञा समयको शुल्क लिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अनेरास्ववियु चितवनका संयोजक प्रकाश आचार्यले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “महिनौँसम्मको लकडाउनले गर्दा देशको शैक्षिक सत्र प्रभावित बन्न पुगेको थियो । लामो समयको अन्योलतापछि वैकल्पिक सिकाइका नाममा चर्को शुल्क असुल्ने, यातायात सुविधालगायत विभिन्न शीर्षकमा लिइएको पाइएकाले सो शुल्क तत्काल खारेज गर्न सम्बन्धित निकायलाई जोडदार माग गर्दछौँ ।”
अनेरास्ववियुले लकडाउन अवधि ९आठ महिना०को मासिक शुल्कलगायतका अन्य शुल्क मिनाहा गर्नुपर्नेलगायतका ११ बुँदे माग राखेको छ ।
वार्ता र छलफलको माध्यमबाट एक हप्ताभित्र माग सम्बोधन नगरेमा यसबाट सिर्जना हुने जस्तोसुकै परस्थितिको सामना गर्न तयार रहन अनेरास्ववियुले चेतावनी दिएको छ ।
प्रतिक्रिया