काठमाडौं - सरकारले बंगलादेशसँग खरिद गरेको युरिया मल नेपाल आइपुगेको छ ।
सम्झौता भएको ५० हजार मेट्रिक टनमध्ये २ हजार ५ सय मेट्रिक टन मंगलबार वीरगन्ज नाका हुँदै नेपाल भित्रएको हो ।
बंगलादेशले अनुदान र सापटीमा मल नदिने भएपछि गभर्मेन्ट टु गभर्मेन्ट ९जीटुजी० प्रक्रियाबाट सरकारले खरिद गरेको हो ।
पहिलो लटमा २२ हजार ५ सय मेट्रिक टन मल भारतको कोलकत्ता बन्दरगाह हुँदै नेपाल ल्याउने भनिएको छ ।
पहिलो लटमध्येको २ हजार ५ सय मेट्रिक टन कोलकाता बन्दरगाहबाट भारतीय रेलमार्ग हुदै मंगलबार वीरगन्जस्थित सुख्खा बन्दरगाहमा आइपुगेको हो ।
पहिलो लटकै ५ हजार ६ सय २५ मेट्रिक टन भने कोलकाता बन्दरगाहबाट सोझै ट्रकमा विराटनगर लगिनेछ । बाँकी ९ हजार मेट्रिक टन वीरगन्जको सीमावर्ती सहर रक्सौलस्थित रेलवे स्टेसनमा आउने क्रममै रहेको बताइएको छ ।
उक्त मल रक्सौलबाट ट्रकमा ढुवानी गरी वीरगन्जस्थित कृषि सामग्री कम्पनीको गोदाममा ल्याइनेछ ।
प्रतिक्रिया