मोटरबाटो कालोपत्रे गर्न थप १४ करोड विनियोजन

५ बर्ष अगाडि

काठमाडौं-  गुल्मी जिल्लाको रूद्रवेणी–वामीटक्सार र दरमखोला मोटरबाटो कालोपत्रे गर्नको लागि थप १४ करोड बजेट विनियोजन भएको छ ।

गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पहलमा १४ करोड विनियोजन भएको हो । 

सडक कालोपत्रे भएपछि गुल्मी र बागलुङ जिल्लाका सर्वसाधारण लाभान्वित हुनेछन् । 

मन्त्री ज्ञवालीको पहलमा यसअघि रिडी खज्र्याङ बल्कोट सडक कालोपत्रे गर्न बजेट विनियोजन भइसकेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया