काठमाडौं। गुल्मीको छत्रकोट गाउँपालिका–१ हुँगा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ ।
५२ वर्षीया मिना गाहाको आफ्नै घरमा सोमबार बेलुकी जलेर मृत्यु भएको हो ।
उनले लगाएको लुङ्गीमा पछाडिबाट आगो सल्किँदा जलेर गम्भीर घाइते भएकी उनको पाल्पा मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
प्रतिक्रिया