दुर्घटनामा परि एकको मृत्यु, एक जना घाइते

५ बर्ष अगाडि

काठमाडौं-  झापामा दर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

झापाको शिवसताक्षी नगरपालिका ९ एलम्बर चोकस्थित पूर्वपश्चिम राजमार्गमा मे १ ख २७४६ नम्बरको बस र को ३८ प ४१९४ नम्बरको स्कुटर मंगलबार एकआपसमा ठोक्किँदा उक्त दर्घटना भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा इलामको चुलाचुली गाउँपालिका ४ बस्ने ३८ वर्षीय राजेन्द्र देवान रहेका छन् भने उनको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरको पछाडि सवार सोही ठाउँ बस्ने ४० वर्षीय पूर्ण राईको बीएण्डसीमै उपचार भइरहेको छ ।

स्कुटरलाई ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया