काठमाडौं- सेना दिवसका लागी सैन्य अभ्यासको तयारी गर्ने क्रममा काठमाडौंको प्रदर्शनीमार्गमा सेनाको प्याराग्लाईडिङ दुर्घटना भएको छ ।
हावाको गतिका कारण टुँडीखेलमा ल्याण्ड हुनुपर्ने प्याराग्लाइडिङ फरक ठाउँमा ठाउँमा ल्याण्ड भएपछि दर्घटना भएको बताइएको छ ।
सैन्य अभ्यासका क्रममाा ३ वटा प्याराग्लाईडिङ ल्याण्ड हुनुपर्ने बिन्दुभन्दा बहिर खस्दा दुर्घटना भएको हो । प्याराग्लाइडिङमा सवार तिनजना सैनिकलाई नेपाली सेनाको एम्बुलेन्स मार्फत अस्पताल पठाइएको छ । उनीहरु अवस्था सामान्य रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया