काठमाडौं- सप्तरीमा ११ वर्षीया बालिकामाथि बलात्कारको आरोपमा २८ वर्षीय एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुरूङगा नगरपालिका–५ बस्ने नरेश मण्डल धानुक रहेका छन् ।
ती युवक फागुन १९ गते बेलुकी जबरजस्ती करणी गरी फरार भएको मोरङको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
धानुकलाई बिराटनगर नगरपालिका–१५ मा लुकीछिपी हिँडडुल गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया