तय भयो एसईई परिक्षाको मिति, जेठ १३ गतेदेखि हुने

५ बर्ष अगाडि

काठमाडौं – बर्ष २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि हुने भएको हो । राष्ट्रिय परिक्षा बोर्डले यस्तो निर्णय गरेको हो । 
बोर्डले  जेठ १३ गतेदेखि २४ गतेसम्म गर्ने निर्णय गरेको हो । यो परिक्षा राष्ट्रिय परिक्षा बोर्डले नै लिने छ । गत माघमा सम्पन्न मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको  थियो । 

सामान्यतया चैत महिनामा नै एसईई परिक्षा हुन्छ । कोरोनाले गर्दा कक्षा सञ्चालन हुन नसक्दा पछि एसईई गर्न लागिएको हो । यसअघि परिक्षा भने नगरेर आन्तरीक मुल्यांकनको आधारमा विद्यार्थीलाई पास÷फेल गरिएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया