चार सन्तानसहित आमाले कर्णाली नदीमा हाम फाले, दुई जनाको शव फेला

५ बर्ष अगाडि

काठमाडौं, सोमबार दैलेखको आठविस नगरपालिका –३ निमाईलकी एक महिलाले आफ्ना चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन्।आमा सहित ४ जना बालबालिकाले नदीमा हाम फालेकोमा २ जनाको शब भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब प्रहरीउपरिक्षक अनुपम श्रेष्ठले बताए ।

जिल्लाको आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन्।

कर्णाली नदीमा हाम फालेका १४ बर्षिया कल्पना बडुवाल,११ बर्षिया सरिता बडुवालको शब अछामको पञ्चदेवल विनायक नगरपालिका –४ कर्णाली नदीमा माछा मार्ने प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए । आमा सुकीसहित १० वर्षीय छोरा ललित र पाँच वर्षीया छोरी रजनीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

बेपत्ता रहेकी सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया