घाँटी रेटी १९ बर्षिय किशोरको हत्या

५ बर्ष अगाडि

काठमाडौं - बाराको निजगढ  नगरपालिका–९ स्थित बुद्धचोकमा किशोरको हत्या भएको छ ।

आफ्नै घरको माथिल्ला तल्लामा १९ बर्षिय रोहित शर्माको हत्या गरिएको अवस्था शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रले बताए ।

शव फेला परेको सुचनापछि प्रहरी घटनास्थलमा पुगेको छ । घरको माथिल्लो तलामा रोहित एक्लै बस्थे ।

घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ । घटनाबारे अनुसन्धान शुरु गरिएको डिएसपी मिश्रले बताए । 

चन्द्रनिगाहापुर स्थायी घर भएका रोहितको परिवारले निजगढमा पनि घर बनाएको थियो । उनी पेन्टर हुन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया