पश्चिमी वायुको प्रभावका कारण चट्याङसहित वर्षाको सम्भावना

५ बर्ष अगाडि

काठमाडौं - नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली भई गण्डकी, वाग्मती र प्रदेश १ का पहाडी भू–भागहरुको एकरदुई स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

हाल पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो गण्डकी, वाग्मती र प्रदेश १ का पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

अपरान्ह पश्चात गण्डकी, वाग्मती र प्रदेश १ का पहाडी भू–भागका एकरदुई स्थानमा मेघ गर्जन र चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया