बीमा रकमका लागि श्रीमतीको हत्या गर्ने श्रीमान र देवर पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - श्रीमान र देवर मिलेर रुपन्देहीमा एक महिलाको हत्या गरिएको छ । बीमा रकम पाउने लोभमा उनीहरुले हत्या गरेको प्रहरीले जनाएको छ । 

जिल्लाको सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ की कुशुम लोधलाई उनँकै श्रीमान् र देवर मिलेर हत्या गरेको हो । 

बीमाको रकम आफूले पाउने लोभमा लोधका पति शैलेसकुमार लोध र देवर राजेशकुमार लोध मिलेर हत्या गरेको प्रहरीले जनाएको छ । 

हत्याको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि यो रहस्य खुलेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया