कपिलवस्तुबाट ओली, प्रचण्ड र बाबुराममाथि विप्लवको हमला

५ बर्ष अगाडि

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओली र कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डको आलोचना गरेका छन् । 

उनले ओली नेतृत्वको सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिवन्ध गलत भएको समेत टिप्पणी गरेका छन् । 

कपिलवस्तुको शिवगढीमा सोमबार पार्टी निकट अनेमसंघ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले समाजको अन्याय, अत्याचार र दमनका विरुद्ध लडेको आफ्नो पार्टीमाथि लगाएको प्रतिवन्ध र दमन सही नभएको बताएका हुन् । 

उनले आफू सत्य र न्यायको पक्षमा लडेको र लडिरेहने बताए । ‘बम टेक्दै र हतियार खोस्दै हिँड्न सकिन्छ । न्यायको पक्षमा हामी कहिल्यै दब्नु हुँदैन । हामीले गल्ति गरेका छैनौ’, विप्लवको भनाइ छ । 

उनले प्रचण्ड र बाबुरामहरूले न्याय र समानताको मुद्दा बिर्सेकाले उनीहरु धुलोपिठो भएको पनि टिप्पणी गरे । ‘आज प्रचण्डजी कहाँ पुग्नुभयो रु प्रचण्ड र बाबुरामले गलत बाटो लिए । मन्त्री त हामी पनि हुनसक्थ्यौँ । सहिद परिवार, वेपत्ता, किसान मजदुर बिर्सिए । त्यसपछि प्रचण्ड धुलोपिठो भए’, विप्लवले ओलीपछि प्रचण्ड बाबुराममाथि पनि हमला गरेका थिए । 

यस्तै उनले ‘गाउँगाउँमा भ्रष्टाचार गर्ने, बलात्कार गर्नेहरुलाई कारवाही गर्नु गल्ती हो रु भन्दै प्रश्न गरे । ‘लडाइँ भयो भने क्षति हुन्छ भन्ने हामीलाई राम्रोसँग थाहा छ । तर दास भएर मर्नुभन्दा लडेर मर्नु धेरै ठुलो कुरा हो,’ विप्लवले अझैपनि अन्यायका विरुद्ध प्रतिवाद गर्ने संकेत गरे ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया