८५ वर्षीया बृद्धालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - ८५ वर्षीय बृद्धा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा १८ कर्षिय किशोर पक्राउ परेका छन् ।  

वृद्धालाई गहुँबारीमा जबरजस्ती करणी गरेको भन्ने खबरको आधारमा कपिलवस्तु नगरपालिका–४ कोदहवा बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो । 

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

यस्तै, धनुषामा ७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिथिला नगरपालिका–५ विश्रामपुर बस्ने ६५ वर्षीय कुमार बहादुर मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मगरले सोही ठाउँस्थित कुखुरा फर्ममा ती बालिकालाई जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्के वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया