काठमाडौं - नेपाल धितोपत्र बोर्डले बजार, पूँजी बजार, मुद्राबजार तथा अर्थतन्त्रसँग सम्बन्धित तथ्यपरक, विश्लेषणात्मक लेख रचना पठाउन आग्रह गरेको छ ।
बोर्डले आफ्नो २९औं वार्षिकोत्सको अवसरमा प्रकाशन गर्ने 'नेपाल धितोपत्र बोर्ड, वार्षिकोत्सव लेख विशेषाङ्क, २०७८' का लागि बोर्डको वस्तु विनिमय तथा अनुसन्धान विभागले लेख रचना माग गरेको हो ।
बोर्डले नेपाली तथा अंग्रजी भाषामा लेखिएको कम्तिमा १ हजार ५०० शब्दको लेख रचना उपलब्ध गराउन अपिल गरेको छ ।
उक्त लेख रचना अन्यन्त्र प्रकाशित नभएको र प्रकाशनको लागि समेत पेश नगरिएको हुनुपर्ने बोर्डले जनाएको छ ।
प्रतिक्रिया