विश्वकै सर्वाधिक धनी बेजोसको पूर्व पत्नीले गरिन् दोस्रो विवाह, सम्बन्धविच्छेद हुँदा पाएकी थिइन् ४१ खर्ब

५ बर्ष अगाडि

एजेन्सी - संसारका सर्वाधिक धनाढ्य जेफ बेजोसकी पूर्व श्रीमती म्याकेन्जी स्कटले  दोस्रो विवाह गरेकी छिन् । उनले एक हाइस्कूल साइन्स टिचर डेन ज्यूवेटसँग विवाह गरेकी हुन् ।
 
उनले जेफ बेजोससँग २ वर्ष अघि सम्बन्धविच्छेद गरेकी थिइन् । जेफ बेजोससँग सम्बन्धविच्छेद पछि उनले ३५.६ बिलियन डलर (४१ खर्ब रुपैयाँ) को सेयर पाएकी थिइन् ।

उनले दोस्रो विवाह गरेको खबर उनका नयाँ श्रीमानले पुष्टि गरेका हुन् । स्कटको अमेजन बायोग्राफी पनि अपडेट गरिएको छ । यसमा लेखिएको छ, ‘उनी सिएटलमा आफ्ना चार सन्तान र श्रीमान् डेनसँग बस्छिन् ।’

द वाल स्ट्रिट जर्नलले पनि यी दुईले विवाह गरेको समाचार प्रकाशित गरेको छ । सन् २०२१ मा आइपुग्दा उनको कूल सम्पत्ति ५० अर्ब अमेरिकी डलर्सभन्दा पनि बढी भइसकेको छ र उनी संसारकी तेस्रो सर्वाधिक धनी महिला हुन् ।

अहिले भने टेस्लाका मालिक एलन मस्कसँग बेजोसको प्रतिस्पर्धा हुने गरेको छ । स्कट अहिले संसारकै २२औँ धनी छिन् भने बेजोस १ खर्ब ७७ अर्ब डलरसहित संसारकै धनी छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया