कैदी जिवन बिताइरहेका बोहराको  कारागारमा मृत्यु

५ बर्ष अगाडि

सल्यान जिल्ला कारागारमा रहेका एक कैदीको मृत्यु भएको छ । ८४ वर्षीय कैदी जीवलाल बोहराको उपचारको क्रममा जिल्ला अस्पताल सल्यानमा  मृत्यु भएको हो । 

मुटु सम्बन्धी समस्या देखिएपछि उनलाई एक सातादेखि जिल्ला अस्पतालमा राखेर उपचार सुरु गरिएकोमा शनिबार बेलुकी मृत्यु भएको जनाइएको छ। 

बोहरालाई  बलात्कारको आरोपमा जिल्ला अदालत सल्यानले ०७२ मा आठ वर्षको कैद फैसला गरेको थियो । फैसलापछि फरार रहेका उनलाई पक्राउ गरी  ०७७ माघ ७ गतेदेखि कारागारमा कैद भुक्तान गरिरहेका थिए ।

 बोहराको शव प्रक्रिया पुर्‍याएर आफन्तलाई जिम्मा लगाइएको छ  ।

५ बर्ष अगाडि

प्रतिक्रिया