अटोले थिचेर घाइते चालकको मृत्यु

५ बर्ष अगाडि

काठमाडौं- इलामको सूर्योदय नगरपालिका ९ पान्दाममा आइतबार बिहान अटो पल्टिँदा चालकको मृत्यु भएको छ । 

आज बिहान अटो अनियन्त्रित  भई पल्टिदाँ ४२ वर्षीय चालक सुखमान राईको मृत्यु भएको हो । 

अटोले थिचेर घाइते भएका उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा उपचारको क्रममा मृत्यु भएको प्रहरी चौकी फिक्कलका इन्चार्ज जालन्धर बरालले बताएका छन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया