काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वास प्रस्ताव अघि नबढ्ने भएको छ । ओलीलाई संसदमा राजीनामाको अवसर दिइने भएकोले अविश्वास प्रस्ताव अघि नबढ्ने भएको हो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपाको प्रचण्ड-नेपाल नेपाल समूहको समझदारीअनुसार आइतबारको संसद्मा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव नलगिने भएको छ ।
आइतबारको बैठकमा प्रधानमन्त्रीको मनोविज्ञान हेरेपछि राजीनामा नदिने संकेत पाए मात्र अविश्वास प्रस्ताव लैजाने उनीहरुको तयारी रहेको स्रोतले जनाएको छ ।
यसका लागि नेकपाको प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्रीको नाम मात्र खाली राखेर अविश्वास प्रस्ताव तयार पारेर हस्ताक्षर संकलन गरिसकेको छ ।
प्रतिक्रिया