नेकपा विप्लव समूहका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले हिरासतमा कुनै यातना नभएको बताएका छन् ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै बाँस्तोलाले आफूलाई पटक–पटक हिरासतमा राखिएपनि कुनै यातनाको अनुभव नभएको बताएका छन् ।
अदालतमा प्रहरीले धरपकड गरेतापनी हिरासतमा शारीरीक, मानशिक यातनाको अनुभव नभएको बताउँदै उनले भने, ‘मलाई त सम्मानपूर्वक व्यवहार गरियो । कतिपय कमरेडलाई टर्चर गरिएको कुरा आएको छ। बरु, अस्ति अदालतमा प्रहरीले धरपकड गरेको हो ।
सरकारसँग भएको सहमतिमै कार्यकर्ता छोड्ने र मुद्दा फिर्ता गने कुरा छ । तीन बुँदे सहमतिको बुँदा नम्बर तीनमा त्यो कुरा उल्लेख छ । त्यो तुरुन्तै हुन्छ ।’
बाँस्तोलाले आफूहरुसँग कुनै हतियार नभएको पनि दावी गरेका छन् ।
प्रतिक्रिया