काठमाडौं - ललितपुरको पाटन दरबार क्षेत्रबाट हराएको लक्ष्मीनारायणको मूर्ति अमेरिका सरकारले नेपाललाई हस्तान्तरण गरेको छ ।
एकतीस वर्षदेखि टेक्सस राज्यको डालास सङ्ग्रहालयमा राखिएको मूर्ति सङ्घीय जाँच ब्यूरो (एफबिआई) र अमेरिकी विदेश मन्त्रालयको सहयोगमा वाशिङटनस्थित नेपाली दूतावासमा आज हस्तान्तरण गरिएको हो ।
अमेरिकी विदेश मन्त्रालय, कला, सांस्कृतिक सम्पदा संरक्षण विभाग, सञ्चार क्षेत्रलगायतको संयुक्त प्रयासबाट हराएको उक्त मूर्ति नेपाललाई हस्तान्तरण गर्न पाएकामा अमेरिकाले प्रसन्नता व्यक्त गरेका छन् ।
साथै संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को मापदण्ड अनुरुप नेपालको उपयुक्त स्थानमा स्थापना गर्न उक्त मूर्ति नेपाल पठाइने दूतावासले जनाएको छ ।
प्रतिक्रिया