प्रवीण बाँस्तोला मृत्यु प्रकरण : थप दुई जना पक्राउ

५ बर्ष अगाडि

उर्लाबारीका ३२ वर्षीय प्रवीण बाँस्तोला हत्यामा संलग्न फरार दुई जना पक्राउ परेका छन् ।

प्रहरीलेपक्राउ पर्नेमा  उर्लाबारी–६ का ३२ वर्षीय राजेश रणपहेली र झापाको गौरादह नगरपलिक–९ का ३१ वर्षीय दीपेश पौडेल रहेका छन् । 

उनिहरुलाई प्रहरीले शुक्रबार साँझ भैरहवाबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।


बाँस्तोला को हत्या आरोपमा  ६ जनाविरूद्ध मुद्दा दायर भएको थियो । त्यसमध्ये होटल सञ्चालक उर्लाबारी नगरपालिका ९ का ३४ वर्षीय कुमार राई , मोरङ रतुवामाई नगरपालिका–१० का २९ वर्षीय रिकेश सिवा , सुदीप परियार र रमेश गिरीलाई पक्राउ गरि सकेको छ ।

 प्रवीणको गत पुस ५ मा शंकास्पद अवस्थामा मृत्यु भएको थियो । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया