५० हजार घूस रकमसहित सब–इन्जिनियर पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - घूस लिएको आरोपमा सब–इन्जिनियर पक्राउ परेका छन् । ५० हजार घूस रकमसहित हेटौंडाबाट सब–इन्जिनियर नेत्र लामिछाने पक्राउ परेका हुन् । 

पर्यटन विकास आयोजना वाग्मती प्रदेशमा कार्यरत प्राविधिक नेत्र लामिछानलाई शुक्रबार हेटौंडाबाट घुस रकमसहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टालीले लामिछानेलाई पक्राउ गरेको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया