ठगीको आरोपमा दुई जना पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - ठगी गर्ने गिरोहका दुई जना पक्राउ परेका छन् । जबर्जस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिन्छौ भनी रकम ठगी गर्ने उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.८ बस्ने ५८ वर्षीय सुर्यलाल खड्का र धादिङ जिल्ला गंगाजमुना गाँउपालिका वडा नं. १ स्थायी घर भई हाल पोखरा २५ हेम्जा बस्ने ३९ वर्षीय कमन भन्ने कमान बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

उनीहरूले जबर्जस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिने भन्दै एक करोड माग गरेको बताइएको छ । प्रहरी, वकिल र अदालतसँग आफूहरूको सेटिङ रहेकोले एक करोड रकम दिए केस मिलाइदिन्छौ नत्र १५ वर्ष जेल जान्छौ भनी रकम माग गरेको प्रहरीले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया