भूमि आयोगको कार्यालय स्थापना

५ बर्ष अगाडि

काठमाडौं - भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय हुम्लामा पनि स्थापना गरिएको छ । जिल्ला समन्वय समितिको भवनौ शुक्रबार एक कार्यक्रमका बीच कार्यालय स्थापना भएको हो । 

आयोगका जिल्ला अध्यक्ष प्रकाश सुनारले सरकारको नीति नियम र कानूनको आधारमा रही हुम्लाका भूमिहीन सुकुम्वासीको व्यवस्थापनका गरिने एकबद्धता व्यक्त गरे । 

आयोगका विज्ञ सदस्य बुध भण्डारीले जिल्लामा पहिलोपटक भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना हुनु खुशीको कुरा हो भने । 

आयोगले जिल्लामा रहेका निमुखा, गरीब र भूमिहीन परिवारलाई बिना भेदभाव कानूनका आधारमा भूमिको व्यवस्था गराउनुपर्ने सुझाव जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले दिए । 

सरकारले सुनारको अध्यक्षतामा यांजुम रोकाया र भण्डारीलाई सदस्यमा नियुक्त गरेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया