काठमाडौं - युरोपियन देश साईप्रसमा एक नेपाली महिलाको असामयिक निधन भएको छ । मङ्गलबार बिहान ४० वर्षीय संगीता पाण्डेको आकस्मिक निधन हो ।
गैरआवासीय नेपाली सङ्घ साईप्रसले मृतक पाण्डेको नेपाल घर नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं। १ पाण्डेगाउँ रहेको जनाएको छ ।
सघंका सचिव पुरन मगरका अनुसार नेपाली राजदूतावास इजरायल, नेपाली होनरी कन्सुलेट अफ साईप्रस र गैरआवासीय नेपाली संघ साईप्रसले बिहीबार पहिचान खुलेपछि मृतक पाण्डेको परिवारलाई जानकारी गराइएको बताए ।
सचिव मगरले मृतक पाण्डेको शव साईप्रसको कानुनी प्रक्रिया पुरा गरेपछि नेपाल पठाउने बताए ।
प्रतिक्रिया