काठमाडौं - सिर्जना फाइनान्सले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा चैत १४ गते उद्योग संगठनको सभाकक्ष, विराटनगरमा बिहान ११ बजेबाट सुरु हुने भएको हो ।
सभामा कम्पनीले १४.२७५ लाभांश वितरणको प्रस्ताव पेस गर्ने भएको छ । सिर्जनाले गत वर्षको नाफाबाट १३.५९५ बोनस सेयर र कर प्रयोजनार्थ ०.६८५ नगद लाभांश वितरण गर्न लागेको छ ।
बोनसपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । कुनै वित्तीय संस्थाहरू एकआपसमा गाभ्न र गाभिन परेमा त्यस सम्बन्धी अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।
आर्थिक वर्ष २०७६–७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
प्रतिक्रिया