ताप्लेजुङको दोभान बजारमा आगलागी : १५५ तोला सुन जल्यो, ४० करोड बढि क्षति

५ बर्ष अगाडि

काठमाडौं - ताप्लेजुङको दोभान बजारमा मङ्गलबार आगलागी हुँदा १५५ तोला बराबर सुन र ५२० तोला बराबरको चाँदीका गरगहना जलेर नष्ट भएको छ । 

त्यो सँगै चामल ४१ हजार १७५ केजी, अलैँची २९ हजार ६१७ केजी जलेर नष्ट भएको छ । अन्य घरायसी खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका सामग्री जलेको मेरिङदेन गाउँपालिकाले जनाएको छ । 

जिल्लाकै दोस्रो ठूलो बजारका रूपमा रहेको मेरिङदेन गाउँपालिका–३, खाम्लुङको दोभान बजारमा मङ्गलबार बिहान भएको आगलागीमा ५० वटा घर जलेर नष्ट भएका थिए ।

आगलागीबाट कुल ४० करोड पाँच लाख २४ हजार २९ रुपैयाँ बराबरको क्षति भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया