काठमाडौं - आजबाट नागरिक लगानी कोषले सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ ।
कोषले सर्वसाधारण समूहको ३ लाख ५४ हजार एक सय ५० कित्ता सेयर लिलाम बढाबढ गरी बिक्रीमा ल्याएको हो ।
यसबाट कोषले न्यूनतम ३ करोड ५४ लाख १५ हजार प्रिमियम संकलन गर्नेछ । अहिले दोस्रो बजारमा कम्पनीको शेयर मूल्य ४ हजार ४९५ रुपैयाँ छ ।
बिहीबारको बजार मूल्यमा लिलामी शेयर बेच्न सके कोषले १ अर्ब ५५ करोड ६४ लाख ८९ हजार रुपैयाँ प्रिमियम संकलन गर्नेछ ।
लिलामीको शेयरमा लगानीकर्ता (इच्छुक व्यक्ति तथा संस्था) ले फागुन २१ गतेबाट चैत्र २ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया