काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ समूह र सरकारबीचको तीन बुँदे सहमति भएको छ ।
उक्त सहमतिसँगै अब विप्लव समूहका थुनामा रहेका १ सय ४४ जना नेता–कार्यकर्तालाई सरकारले रिहाइ गर्नु पर्ने हुन्छ ।
१ सय ४४ जनामा विप्लवका दाइ चन्द्रबहादुर पनि रहेका छन् ।
सो समूह र सरकारबीचको तीन बुँदे सहमतिको एउटा बुँदामा लेखिएको छ, ‘सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी ।’
सरकारले प्रतिबन्ध लगाएपछि २ हजार ९८ जना विप्लवका नेता कार्यकर्तालाई प्रहरीले पक्रेको थियो । तीमध्ये, अहिले १ सय २६ नेता जेलमा र १८ जना प्रहरीको हिरासतमा थुनिएका छन् । उनीहरुलाई सरकारले प्रक्रिया पुरा गरेर रिहा गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया