काठमाडौं - नेपाली चलचित्रलाई पाइरेसी गरेर आरोपमा एक जना पक्राउ परेका छन् ।
डिजिटल प्लेटफर्म मार्फत चलचित्रलाई पाइरेसी गरी विभिन्न समूह तथा व्यक्तिलाई प्रत्यक्ष बिक्री वितरण गरेको आरोपमा लमजुङ, बेँसीसहरका सुजन परियार पक्राउ परेका हुन् ।
‘सिनेमा घर’ प्लेटर्फमका सञ्चालकद्वय सागर खरेल र खगेन्द्र लामिछानेले दिएको जाहेरीको आधारमा परियार पक्राउ परेका हुन् ।
उनलाई १३ फागुनमा पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी अहिले अभियुक्त परियारलाई प्रहरी परिसरमा राखिएको बताइएको छ ।
परियारले दर्जनौं नेपाली फिल्मको पाइरेसी गरेको प्रारम्भिक अध्ययनमा देखिएको छ । अभियुक्त परियारलाई प्रतिलिपि अधिकार ऐन २०५९ को दफा २५ र २६ अनुरूप सरकारी वकिलको कार्यकालबाट जिल्ला अदालत काठमाडौंमा पेस गरेर प्रहरीले अनुसन्धान गरिरहेको हो ।
प्रतिक्रिया